मुटुमा तिमी मेरो गीतको म्युजिक भिडियो दर्शकमाझ

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

रिपोर्टर नेपाल
काठमाडौं ÷ आधुनिक गीतको दुनियाँमा एउटा नयाँ गीतको म्युजिक भिडियो आएको छ जुन गीत सजिएको छ गायिका दीपा कोइराला ‘दीपिका’को स्वरले । कर्णप्रिय उक्त गीतको बोल रहेको छ ‘मुटुमा तिमी मेरो’ र उक्त गीत पाल्म ग्रुपले प्रस्तुत गरेको छ ।

गीतको म्युजिक भिडियो लोकप्रिय मिडिया इन्टरनेट सोसल साईट ‘युट्युब’बाट समेत चाहेको बेलामा श्रोताहरुले जुनसुकै ठाउँबाट हेर्न सक्नेछन् । मदन मरासिनीको गीत र बालान्द राईको संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियोलाई रदीप श्रेष्ठले निर्देशन गरेका छन् ।

उक्त गीतको छायांकन मोहन थापा मगरले गरेका छन् भने तारा थापा ‘किम्भे’  को सम्पादन रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट