स्पेनिस ला लिगा ः स्पानियोल र भ्यालेन्सियाको जित

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

मड्रिड, ७ असोज । स्पेनिस ला लिगा फुटबलमा स्पानियोल र भ्यालेन्सियाले विजय हासिल गरेका छन् । मड्रिडमा भएको खेलमा स्पानियोलले ओसासुना र भ्यालेन्सियाले डिपोर्टोभो अल्भासलाई पराजित गरेका हुन् ।

ओसासुनाको मैदानमा भएको खेलमा स्पानियोलले घरेलु टोलीलाई २–१ गोल अन्तरले पाखा लगायो । स्पानियोलको जितमा जेरार्ड मोरेनो र लियो बाप्तिस्ताओले समान एक÷एक गोल गरे । ओसासुनाका सर्जियो लिओनले एक गोल फर्काए पनि टोलीलाई विजयी बनाउन सकेनन् । लिगको पुछारमा रहेको ओसासुनाबिरुद्धको जित स्पानियोलको लिगको पहिलो जित हो । लिगको १५ औं स्थानमा रहेको स्पानियोलको अहिलेसम्म मात्र ५ अंक रहेको छ ।

यस्तै भ्यालेन्सियाले लिगमा पहिलो जित निकाल्ने क्रममा डिपोर्टोभो अल्भासलाई २–१ गोल अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको जितमा डानी परेजोले १ गोल गरे भने १ गोल डिपोर्टोभोको लागौर्डियाले आत्मघाती रुपमा उपहार दिए । डिपोर्टोभोको लागि टोकुएरोले एक गोल फर्काए । जितसँगै लिगको १३ औँ स्थानमा रहेको भ्यालेन्सियाले ३ अंक जोडेको छ । भ्यालेन्सिया यसअघिका ४ खेलमा पराजित भएको थियो ।

यस्तै अर्को खेलमा स्पेनिस ला लिगाको नयाँ टोली लेगानेसले जित निकालेको छ । लेगानेसले डिपोर्टोभो डी कोरुनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै लेगानेस ७ अंक जोडेर लिगको १०औँ स्थानमा उक्लिएको छ भने कोरुना १२औँ स्थानमा रहेको छ ।  एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट