सिसिआरसीको दोहोरो जित

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) ले दोस्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ ।

बानेश्वर फुटसलमा भएको खेलमा सिसिआरसीले ताहचल क्याम्पसलाई ४–१ ले पराजित ग¥यो । अर्को खेलमा सिसिआरसीले नेपाल कमर्स क्याम्पसलाई हरायो । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले पनि दोहोरो सफलता हात पार्ने क्रममा ट्रिनिटी इन्टरनेसनल कलेजलाई ३–० तथा बाल्मीकि क्याम्पसलाई २–१ ले पन्छायो ।

अन्य खेलमा पवन क्याम्पसले कोटेश्वर क्याम्पसलाई ८–१, शंकरदेव क्याम्पसले अस्कललाई ३–२, फ्लोरिडाले बानेश्वरलाई २–१ तथा त्रिचन्द्रले पेन्टागनलाई ६–१ ले निराश पारे । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट