एक्ससेल्सियर र रिब्स सेमिफाइनलमा

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा एक्सेल्सियरले आइडियल मोडेललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल धीरजबाट सम्भव भयो । न्यु जेनिथविरुद्धको खेलमा रिब्स ‘क्वाइन टस’ मा भाग्यमानी ठहरियो ।

निर्धारित समयको खेल १–१ तथा टाइब्रेकर २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ‘क्वाइन टस’ बाट गरिएको थियो । त्यसमा रिब्सले बाजी मा¥यो । ताहचल फुटसलमा भइरहेको प्रतियोगितामा रातो बंगला र जेम्स पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनलमा पुगे ।

रातो बंगलाले चाँदबागलाई ५–४ ले हरायो । जेम्सले ग्रिनफिल्डलाई ४–१ ले पाखा लगायो । सेमिफाइनलमा जेम्सको भेट एक्सेल्सियरसँग हुनेछ भने रातो बंगलाले रिब्सको सामना गर्नेछ । सेमिफाइनल र फाइनल शुक्रबारै हुनेछ । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट