४६औँ थाक खेलकुद महोत्सव ः निर्मल स्पोर्टिङलाई मिश्रित सफलता

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
मुस्ताङ, ७ असोज । निर्मल स्पोर्टिङ क्लब लेतेले मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सवअन्तर्गत दोस्रो दिन भएको पुरुष भलिबलको खेलमा मिश्रित सफलता हात पारेको छ । निर्मल स्पोर्टिङ क्लबले पहिलो खेलमा मिलिजुली युवा क्लब, मार्फालाई ३–० को सोझो सेटमा हराउँदा दोस्रो खेल भने जोमसोमसँग ३–२ ले गुमायो । निर्मल स्पोर्टिङले मिलिजुली युवा क्लब मार्फामाथि २५–२१, २७–२५ र २५–१० को सहज जित निकाल्यो ।

दोस्रो खेलमा भने निर्मल स्पोर्टिङ क्लब जनहित युवा क्लब जोमसोमसँग ३–२ को सेटमा स्तब्ध भयो । पहिलो सेट २५–२२ ले जितेर अग्रता लिएको निर्मल स्वोटिङले दोस्रो सेट २३–२५ ले गुमायो । तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको निर्मल स्वोटिङले २५–२० ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता लियो ।

निर्मल स्पोर्टिङ क्लबले परिस्थिति आफ्नो पक्षमा परेको अवस्थालाई सदुपयोग गर्न नसक्दा चौथो सेटमा २५–१६ ले गुमाउदा खेल पाँचौँ सेटतर्फ धकेलियो । पाँचौँ सेटको प्रतिस्पर्धात्मक खेलमा जनहित युवा क्लबले बाजी मा¥यो । उसले निर्मल स्पोर्टिङलाई १५–१३ ले स्तब्ध पा¥यो । प्रतियोगितामा अपराजित रहेको जनहित युवा क्लब, जोमसोम समूह ‘क’ मा अग्रस्थानमा रहेको छ । उसले २ खेलबाट ६ अंक बटुलेको छ ।

त्यस्तै २ खेलबाट १ सफलता हात पारेको निर्मल स्पोर्टिङको ४ अंक रहेको छ । त्यस्तै समूह ‘ख’मा अपराजित रहेको सिक्स सोल्टिज युवा क्लव घासाले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा जन कल्याण युवा क्लब स्याङलाई २५–१७, २५–२३ र २५–२० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भने सिक्स सोल्टिज युवा क्लबले अन्नपूर्ण युवा क्लबलाई पराजित गर्न निकै सघर्ष गर्नुप¥यो । ५ सेटसम्म चलेको खेलमा सिक्स सोल्डिजले अन्नपूर्ण युवा क्लबमाथि १९–२५, २७–२५, १५–२५, २५–१८ र १५–१२ को रोमाञ्चक जित निकालेको थियो ।

लिगकम नकआउटमा भएको पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ सिक्स सोल्टी युवा घासा, अन्नपुर्ण युवा क्लब ताग्लुङ, निर्मल स्पोर्टिङ क्लब लेते, धौलागिरि युवा क्लब कोबाङ, नीलगिरि युवा क्लब टुकुचे, जनकल्याण युवा क्लब स्याङ, जनहित युवा क्लब जोमसोम र मिलिजुली युवा क्लब मार्फाको टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ घासा, ताग्लुङ, लेते, कोबाङ र टुकुचेका टिमले एकआपसमा चुनौती पेस गर्नेछन् ।

महोत्सवमा धनुषवाण प्रतियोगिता पनि समावेश गरिएको छ । धनुषवाणमा कुल ९ टिमको सहभागिता रहने आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष प्रेमप्रसाद तुलाचनले बताए । उक्त महोत्सवमा मुस्ताङको संस्कृति झल्कने किसिमको नृत्य र आफँैले रचना गरेको संगीत प्रतियोगिता, मिस मुस्ताङ र कृषि प्रदर्शनीसमेत रहेको आयोजका अध्यक्ष तुलाचनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट