संजयलीला भन्सालीको फिल्म सुरु नहुँदै ‘पद्मावती’को विरोध

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

एजेन्सी
मुम्बई, ७ असोज । संजयलीला भन्सालीको फिल्म ‘पद्मावती’को सुटिङ सुरू समेत नहुँदै विरोधमा परेको छ । फिल्ममा दीपिका पादुकोण चित्तौडका राजा रतनसेनकी पत्नी रानी पद्मिनी (पद्मावती)को भूमिका देखिने भएका छन् । फिल्ममा दीपिकाका पतिको भूमिकामा साहिद कपूर नजर आउनेछन् ।

फिल्ममा रणवीर सिंहलाई अलाऊद्दीन खिलजीको भूमिकामा पाइनेछ । यस फिल्मको विरोध गुजरातमा हार्दिक पटेलको अगुवाई वाला पाटी नवनिर्माण सेनाले गरेको छ । राजस्थानमा नै राजपूत करणी सेना यस फिल्मको विरोधमा छ । हार्दिक पटेलले फिल्मका निर्देशक संजयलीला भन्सालीलाई चिट्ठी लेखेर चेतावनी दिएका छन् कि फिल्ममा तथ्यसँग खेलवाड कुनै हालतमा सहनयोग्य हुनेछैन । हार्दिक पटेल भनेका छन् कि जबसम्म भन्सालीले लिखितमा आश्वासन दिँदैनन्, तबसम्म यस फिल्मको सुटिङ गुजरातमा हुन दिँदैनौ । त्यहीँ राजपूत करणीका सेनाले समेत राजस्थानमा फिल्मको सुटिङ हुन नदिने अड्डी लिएका छन् ।

हार्दिकले भन्सालीलाई लेखेको चिट्ठीमा फिल्ममा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर रिलिज गरियो भने करोडौँ मानिसको भावनामाथि ठेस पुग्ने बताइएको छ । यसअघि संजयलीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’मा पनि ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप लागेर विरोधसमेत सहनु परेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट