खड्का र कार्की ‘मेगा सेभिङ स्टार’

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाऔँ–जिन्दगीभर रमाऔँ’ अभियान आजदेखि सञ्चालनमा ल्याएको छ ।

विशेषगरी कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्ष्य गरी ल्याइएको सो अभियानमा बालबालिकालाई बचत गर्न अभिप्रेरित गरिएको छ । सोही प्रयोजनका लागि बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अभिनेत्री प्रियङ्का कार्कीलाई एक वर्षका लागि ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।

सो अभियानको प्रचारप्रसारका क्रममा खड्का र कार्कीले विभिन्न विद्यालयका विद्यार्थीलाई बचतबारे बुझाउने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीले दैनिक प्राप्त गर्ने खाजा खर्चबाट केही हिस्सा बचत गरी बैंकमा जम्मा गर्ने बानीको विकास गर्न सो अभियान सुरु गरिएको बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिनुभयो

विद्यार्थीलाई सिँत्तैमा खाता खोल्ने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकाबाट अभियान सुरु भए पनि दीर्घकालमा अभियान देशभर पु¥याइने लक्ष्य राखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट