धुर्मुस सुन्तलीले नयाँ फिल्म बनाउने

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । आफ्नो ३४औँ जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले यथार्थ घटनामा आधारित बालमैत्री फिल्म ‘ज्योति’ उपहार दिएका छन् । उनीहरुले एक कार्यक्रमको आयोजना गर्दै बिहीबार सो फिल्मको सार्वजनिक गरेका हुन् ।

धुर्मुसको जन्मदिन, असोज ४ गते राजधानीमा एक समारोहमा विभिन्न मन्त्रालयका सचिव, सञ्चारकर्मी तथा बालमैत्री अभियानसँग आबद्ध व्यक्तिलाई फिल्म देखाइएको थियो । जुन फिल्म हालै युट्युबमा समेत सार्वजनिक भएको छ । नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा खिचिएको फिल्मले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एक जोडी किशोर–किशोरीको सफलतालाई प्रस्तुत गरिएको छ ।

बालअधिकार र बालमैत्री समाजले देश विकासमा पु¥याउने सहयोगका विषय समेटिएको ज्योतिलाई धुर्मुस–सुन्तलीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । दीपक आचार्यको लेखनमा तयार फिल्ममा धुर्मुस–सुन्तलीका अलावा यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अबिरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट