‘बोक्सी घर’ मुम्बई लैजाने तयारी

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । करिब एक महिनाअघि मण्डला थियटरमा नियमित मन्चन भएको नाटक ‘बोक्सीको घर’ मुम्बई लैजाने तयारी भएको छ ।

मुम्बईमा आयोजना हुन लागेको ‘मेटा थियटर फेस्टिभल’ छानिएको नाटकले मण्डला थियटरको प्रतिनिधित्व गर्दै नाटक टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । उक्त थियटरमा ‘बोक्सीको घर’लाई शनिबार मञ्चन गरिने मण्डला थियटरले जनाएको छ ।

नेपाली समाजमा दैनन्दिन सुनिँदै आएको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको नाटकले मूलतः अभिनय, निर्देशन, प्रकाश र सेट डिजाइनको खुबै तारिफ पाएको थियो । सरिता गिरीको एकल अभिनय रहेको नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । लेखन पनि भारतीको रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट