राजेश र उषासँगैं देखिए

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । चलचित्रको पर्दामा कम देखिन थालेका नायक राजेश हमाल पूर्वमिस नेपाल उषा खड्गीसँग म्यूजिक भिडियोमा देखिएका छन् । उनले हालै मात्र पूर्वमिस नेपाल उषा खड्गीको साथमा एक भिडियोमा मोडलिङ गरेका हुन् ।

‘रिया’ एल्बमबाट लिइएको ‘निदाएको थिएँ’ बोलको गीतमा हमालको प्रेम पीडा देखाइएको छ । यो गीतमा राज सागरको आवाज, खेम रिजालको शब्द र राज सागरकै संगीत छ ।

केदार धितालको निर्देशनमा रहेको भिडियोमा उनको अभिनय देख्न पाइने भएको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । रोहित बस्नेतले भिडियोमा कोरियोग्राफी गरेका छन्


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट