बोराबाध नकआउट फुटबल कप हुने

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

मोरङ्ग,७ असोज । पूर्वाञ्चल स्तरीय बोराबाध नकआउट फुटबल कप  प्रतियोगिता हुने निश्चित भएको छ ।

यही असोज १० गतेबाट सञ्चालन हुने उक्त प्रतियोगित कसेली गा.वि.स. बोराबाध स्कुल डाँडा हालको बेलबारी नगरपालिका मोरङ्घको मैदानमा सञ्चालन हुने भएको छ । पुर्वाञ्चलका चर्चित आठ टिमले भाग लिने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद पचाँस हजार तथा सिल्ड, दोश्रो हुनेलाई नगद तीस हजार तथा सिल्ड प्रदान गरिने आयोजक बोराबाध फुटबल क्लबले जनाएको छ ।

उक्त प्रतियोगिताको फाईनल खेल यही असोज १८ गते हुने साथै यस्ता मौफसलमा संचालन हुने प्रतियोगिताहरुले आमनागरिकलाई दसंैको मुखमा रमाईलो प्रदान गर्नुका साथै खेल क्षेत्रमा केही भएपनि योगदान पुर्याउने आयोजकको विश्वास छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट