इंग्लिस लिग कप ­स्लग) शीर्ष क्लबहरू चौथो चरणमा

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

लन्डन, ६ असोज । इंग्लिस फुटबल लिग कप फुटबल अन्तर्गतका खेलमा शीर्ष डिभिजनका क्लबहरू आर्सनल, लिभरपुल र चेल्सीले जित हात पारेका छन् । यो जितसँगै ३ वटै टोली चौथो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले नोटिबहम फरेस्ट, लिभरपुलले डर्बी काउन्ट्री र चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै चौथो चरणमा स्थान बनाउन सफल भएका हुन् । नोटिबहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलले घरेलु टोलीलाई ४–० गोल अन्तरले पराजित ग¥यो ।

आर्सनलको जितमा लुकास पेरेज मार्टिनेजले दुई तथा ग्रानिट जाका र ओक्सलेड चेम्बरलेनले एक÷एक गोल गरे । खेलमा आर्सनलले २३औँ मिनेटमा जाकाको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोल अन्तरले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल ग¥यो । खेलको ६० र ७१औँ मिनेटमा मार्टिनेजले २ गोल गर्दा इन्जुरी समयमा चेम्बरलेनले १ गोल गरेपछि आर्सनलले सहज जित निकालेको हो । लिग कपको अर्को खेलमा लिभरपुलले डर्बीलाई ३–० ले गोल अन्तरले हरायो ।

लिभरपुलका लागि रागनर क्लावान, फिलिपे कोउटिन्हो र डिवोक ओरिगीले समान १÷१ गोल गरे । डर्बीको घरेलु मैदानमा भएको खेलमा क्लावानले २४औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५०औँ मिनेटमा कोउटिन्हो र ५४औँ मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० को जित निकाल्न सफल भयो ।

त्यसैगरी लेस्टर सिटी चेल्सीसँग ४–२ गोल अन्तरले पराजित हँुदै तेस्रो चरणबाट बाहिरिएको छ । प्रतिस्प्रर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा चेल्सीले लेस्टर १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै २ गोल गर्दै लिग कपको चौथो चरणमा स्थान बनायो ।

खेलको ८९औँ मिनेटमा मार्किन वासिलास्की दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको जितमा सेस फाब्रिगासले २ तथा ग्यारी काहिल र इसार एपिलिक्वेटाले १÷१ गोल गरे । लेस्टरका सिन्जी ओकाजाकीले २ गोल गरे । एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट