क्रस कन्ट्री माउन्टेन बाइक हुने

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । नेपाल खेलकुद महासंघ ­नेकोस) अन्तर्गतको राष्ट्रिय साइक्लिब संघ, नेपालको आयोजनामा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिप ११ असोजमा हुने भएको छ ।

प्रतियोगितामा यु–२३ र खुला स्पर्धामा जम्मा ६० पुरुष खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष जीवन राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पार्नेछन् । एकदिने प्रतियोगिताका खेल चोभारमा हुनेछ ।

नेकोसका महासचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले महासंघले राष्ट्रिय खेल संघ समानन्तर संघका रूपमा नभई खेलकुद गतिविधिमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बताए ।    (­रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट