ह्यान्डबल खेलाडी छनौट

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ६ असोज । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको आयोजनामा बंगालादेशको राजधानी ढाकामा हुने मध्य दक्षिण एसियाली स्तरको आइएचएफ ट्रफी ह्यान्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले हरेक २ वर्षमा आयोजना गर्ने आइएचएफ ट्रफीमा यमनसहित ९ राष्ट्रको सहभागिता रहनेछ । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार छनोटमा परेका १४ महिला खेलाडीमा निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, संगीता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खडका, आकृती गुरुब, बबिता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन । महिलाको टिम म्यानेजरमा संघका सदस्य प्रकाशकुमार सुनुवार र प्रशिक्षकमा पर्वत गुरुब र विन्दाकुमारी महाराजी रहेका छन् ।

त्यसैगरी छनोटमा परेका पुरुष खेलाडीमा तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दीप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाब रहेका छन । यसैगरी टिमको
म्यानेजरमा संघका उपाध्यक्ष भीमबहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन ।

यहि असौज २३ देखि २७ गते सम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताको नेपालको तर्फबाट निर्णायकहरूमा गोविन्दराज जोशी र रोशन रेग्मी रहेका छन । सन २०१२ मा

नेपाल र सन् २०१४ मा पाकिस्तानमा भएको प्रतियोगितामा नेपाली महिला टोलीले तेस्रो स्थान हासिल गरेको संघका सचिव केशव पाठकले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट