राष्ट्रिय लनटेनिस शनिबारदेखि

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

ललितपुर । ललितपुर जिल्ला लनटेनिस संघको आयोजनामा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष दीपक कार्कीले जनाएका छन् । ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कुल नगद पुरस्कार राशि १ लाख ६० हजार रूपैयाँ रहेको छ । हरेक स्पर्धाका विजेताले २० हजार,

उपविजेताले १० हजार र तेस्रो हुने २ खेलाडीले समान ५–५ हजार नगद पुरस्कार हात पार्नेछन् । १२ असोजसम्म चल्ने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समाहुनेछ । ­  (रिनेस )


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट