आरआरको विजयी सुरुआत

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं । आरआर क्याम्पसले दोस्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा आरआरले चारुमति क्याम्पसलाई १३–० को भारी गोलअन्तरले पराजित ग¥यो । बानेश्वर फुटसलमा भइरहेको प्रतियोगितामा पब्लिक युथ क्याम्पस, बानेश्वर क्याम्पस, मीनभवन क्याम्पस र विश्वभाषा क्याम्पसले पनि जितका साथ यात्रा प्रारम्भ गरे । पब्लिकले सरस्वतीलाई ३–२, बानेश्वरले पशुपतिलाई ५–४, मीनभवनले अस्कललाई ४–२ तथा विश्वभाषाले ल क्याम्पसलाई ८–३ ले हराए ।

प्रतियोगिताको सूचना तथा सञ्चारमन्त्री सुन्दर कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक

समितिका उपाध्यक्ष इन्द्र लामाले जानकारी दिए ।  (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट