‘पिपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड’ श्रेष्ठलाई

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । पिपी फाउन्डेसनले यस वर्षको ‘पिपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड’ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई प्रदान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा ‘राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’ तनहुँका शिक्षक इन्द्रप्रसाद पौडेललाई रु ५० हजारसहित तथा ‘उत्कृष्ट शिक्षक पुरस्कार’ जनही रु २५ हजार सहित पूर्वाञ्चल विकास क्षेत्रबाट नरपति पाण्डे, मध्यमाञ्चलबाट राम हाडा, पश्चिमाञ्चलबाट चूडामणि सुवेदी, मध्यपश्चिमाञ्चलबाट वीणा मल्ल र सुदूरपश्चिमाञ्चलबाट टेकबहादुर विकलाई प्रदान गरियो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी प्रजापति प्रसाईंका नाममा स्थापित पुरस्कार तथा सम्मान प्राप्त गर्नेले शिक्षाको माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । फाउन्डेसनका अध्यक्ष शिखर प्रसाईंले समाजको सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिनुभयो ।
–ः ३४ ः–

पर्यटन व्यवसायी प्रजापति प्रसार्इंले सन् १९६७ मा काठमाडौँमा नटराज टुर एन्ड ट्राभल्स स्थापना गरी देशमा पर्यटन क्षेत्रको विकासमा योगदान गर्नुभएको थियो । विसं २०५६ भदौ २० गते काठमाडौँमा भएको नेकोन एयरको दुर्घटनामा परी उहाँको निधन भएको थियो । प्रसाईं हिमालय उद्धार सङ्घ र प्यासेफिक एसिया ट्राभल्स एसोसिएसनको अध्यक्ष समेत हुनुहुन्थ्यो । छ वर्षअघि सो फाउन्डेसन स्थापना भई पुरस्कार वितरण गर्न सुरु गरिएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट