निर्देशक दिनेशले पाए अवार्ड

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ६ असोज । चलचित्र ‘क्लासिक’का निर्देशक दिनेश राउतलाई उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त भएको छ । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा दिनेशले अवार्ड पाएका हुन् ।

 

सर्वाधिक विधामा नोमिनेशनमा परेको यो चलचित्रका मुख्य ३ खम्बा निर्देशक, नायक र नायिकाले नै अवार्ड जितेका हुन् । यो वर्ष नायिका नम्रता श्रेष्ठ अवार्डमा हाबी भएकीछन् । नेपालमा जतिवटा चलचित्र सम्बन्धी अवार्ड आयोजना भएका छन्, सबैमा नम्रताले नै अवार्ड जितेकी छिन् ।

नम्रताले यो वर्ष आजसम्म आयोजना भएका सबैजसो अवार्ड जित्दा नायक आर्यन सिग्देलले पनि अवार्डमा वर्चस्व नै कायम गरेका छन् । आर्यन र दयाहाङ राईको अवार्डमा प्रतिस्पर्धा चलेको छ । चलचित्र ‘क्लासिक’बाट यी दुई कलाकारलाई अवार्ड मिलिरहेको छ ।

उनी निर्देशित चलचित्रका अधिकांश जोडीले अवार्ड पाइरहेको भए पनि दिनेशले यो वर्ष कुनै पनि अवार्ड पाएका थिएनन् । उनका लागि चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनाल बाधक बनेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट