‘यारी’को प्रदर्शन आगामी असोज ८ गते निश्चित

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं, ६ असोज । नेपाली चलचित्रको क्षेत्रमा छुट्टै लोकेसनमा पृथक सांस्कृतिक चलचित्र यारीको च्यारिटी हुने आगामी असोज ८ गते हुने भएको छ । युवराज राईको निर्देशनमा निर्माण भएको भएको चलचित्र पूर्वको भोजपुर, खोटाङ र संखुवासभा सीमा क्षेत्रको सिलिचुङ क्षेत्रमा छाँयाकन गरिएको छ ।

विशेष गरेर किरातीवस्तीमा छिरेको आधुनिक फेसनले पारेको प्रभावका बारेमा मिहीन विश्लेषण गरिएको चलचित्र सिलिचुङ फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको निर्माण दक्षकुमार राई हङकङ, गणेश गीरी, उर्मिला राई (सरु) र प्रविण राईले गरेका हुन् ।

युवराज राईको कथा, निर्देशन र छाँयाकन रहेको यस चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विस्मिता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राईलगायतका दर्जनौ कलकारहरुका जीवन्त अभिनय रहेको छ ।

प्रवीण पुमाको पटकथा एवं क्रिएटिभ राइटिङ, डिक वान्तावाको सम्वाद र किरणराज थापाको सम्पादन रहेको यस चलचित्रमा जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको संगीत, भुपाल राई र चन्द्र रानोहँछाको गीत समावेश रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट