विभिन्न कार्यक्रम गरेर ६७औं प्रजातन्त्र दिवस मनाइँदै

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

काठमाडौं, ७ फागुन । प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएकाे छ । आज ६७औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

जनताले १०४ वर्षे जहानियाँ राणा शासनको विरुद्धमा  आन्दोलन गरी राणा शासकले जनता समक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएकाे थियाे । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हाे ।

२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट