फाल्गुन ९ र १० गते प्याब्सनको महाधिवेशन

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौँ, ६ फाल्गुन । काठमाडौँमा यही फाल्गुन ९ र १० गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) को १३औँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।

देशका ७२ जिल्ला शाखाबाट ‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता’ भन्ने मूल नारासहित हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए ।

करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फाल्गुन ८ गतेदेखि मनोनयन हुनेछ ।

भावी अध्यक्षमा टिका पुरी र विजय सम्बाहाम्फेको समूहले उम्मेदवारी दिने तयारी गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट