यातायात व्यवसायीका कारण डाँक सेवा प्रभावित

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

डोटी, ६ फागुन । दिपालय–काठमाडौँ डाँक सेवा सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापर्बाहीका कारण प्रभावकारी हुन सकेको छैन् ।

क्षेत्रीय हुलाक निर्देशनालयका अनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षित रुपमा ओसारपसारमा लापर्बाही गर्ने गरेका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको हो ।

निर्देशनालयका खरिदार भोजराज पन्तले भने ‘हामीले दिपायलबाटै डाँक उपलब्ध गराउँछौ, तर यताबाट सुदूरपश्चिम यातायातका सिधा काठमाडौँसम्म जाने बस नहुँदा डाँकसेवा प्रभावकारी हुन सकिरहेको छैन् ।’

यसबाहेक यातायात व्यवसायीको लापरबाहीका कारण पनि डाँक सेवा प्रभावित भइरहेको जनाइएको छ ।

सामान्यतया बाजुराबाट डाँक तीन दिनभित्र दिपायल पुग्नुपर्ने हो । तर अहिले बाजुराबाट दुई हप्तामा दिपायल डाँक पुग्ने गरेको पनि क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट