२२ वर्षदेखि फरार अभियुक्त पक्राउ

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

सिरहा, ६ फागुन । राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर शाहलाई २२ वर्षपछि पक्राउ गरेको छ ।

राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका शाहलाई सिरहा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते राहदानी किर्ते मुद्दामा सो सजायको फैसला गरेको थियो । अदालतको फैसलापश्चात् फरार रहेका शाहलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आगलागीबाट रु पाँच लाख बराबर क्षति

यस्तै सिरहाको कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर आगलागी भएको छ ।

सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट