भोजपुरमा आज स्थानीयवासीको धर्ना कार्यक्रम

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

भोजपुर, ६ फागुन । भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष देउप्रकाश राईका अनुसार भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष जानकारी दिए ।

समितिले उक्त पानी भोजपुर ल्याउनका विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ । आन्दोलनअन्तर्गत बिहीबार सदरमुकाममा विरोध जुलुस र आज सम्बन्धित निकायमा धर्ना कार्यक्रम रहेको जनाएको छ ।

व्यक्तिको जग्गामा रहेको मुहान किन्नका लागि प्रक्रिया अगाडि बढाउँदा स्थानीयवासीमा भ्रम परेको सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष नवीन प्रधानले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट