पाकिस्तानको दरगाहभित्र आईसीसको आत्मघाती हमला

१०० भन्दा बढी मानिसहरुको मृत्यु, सयौं घाईते

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

पाकिस्तान, ६ फाल्गुन । पाकिस्तानको सिन्ध प्रान्तको सहवान कस्बेस्थित लाल शाहबाज कलन्दर दरगाह भित्र हिजो भएको आत्मघाती विस्फोटमा परी १०० जना भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् ।

एक साताभित्र पाकिस्तानमा भएको यो पाँचौं आतंककारी हमला हो । मर्नेहरुमा महिला र बच्चाहरुपनि रहेका छन् । विस्फोट हुँदा दरगाहभित्र सयौंको संख्यामा मुस्लिम श्रद्धालुहरु थिए । केही बेरमै चारैतिर शवहरु मात्र फैलिएका प्रत्यक्षदर्शीहरुले बताए ।

आतंकी संगठन आईसीसले हमलाको जिम्मेदारी आफुले लिएको छ । प्रहरीका अनुसार फिदायीन हमलावर दरगाहमा घुसेर आफुलाई नै सखाप गर्ने गरी बम विस्फोट गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट