आयोजना अवरुद्घ हुँदा ग्रामीण बस्ती अन्धकारमा

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

जाजरकोट, ६ फागुन । गत कात्तिक महिनादेखि जाजरकोटको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना अवरुद्घ हुँदा त्यहाका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका ग्रामीण बस्ती अन्धकार भएका हुन् । २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना निर्माण गरिएको हो ।

लघुजलविद्युत् आयोजनाका निर्माण उपभोक्ता अध्यक्ष हर्कबहादुर बोहराका अनुसार आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ भए पनि बजेटको अभावले विद्युत् सेवा सञ्चालन गर्न नसकेको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट