यस्तो बित्यो महलमा बस्ने शशिकलाको पहिलो रात जेलमा

गुन्द्री बिच्छाएर भुँईमा सुतिन

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

बैंगलौर, ५ फाल्गुन । आयभन्दा बढी सम्पत्ति मुद्दामा सुप्रीम कोर्टले शशिकला लाई दोषी ठहर गर्दै बुधबार जेल चलान गरेको थियो । बैंगलौरको जेलमा शशिकलालाई अन्य कैदी सरह नै खाना दिइयो । महलमा बस्ने शशिकलाले जेलको पहिलो रात जमिनमा सुतेर बिताईन ।

शशिकलाले कोर्टमा आफ्नो घरबाट खानाका लागि अपिल गरेपनि हाललाई उनको यो अनुरोध खारेज गरिएको छ ।शशिकला जेलमा गुन्द्री बिच्छाएर सुतिन । बिहान उठेर उनले १० मिनेट ध्यान गरिन र त्यसपछि उनलाई नास्तामा स्थानीय परिकार खान दिइयो ।

बैंगलौरको बेनाहोर सेन्ट्रल जेलमा पुग्दैं शशिकलालाई रजिस्टरमा हस्ताक्षर गर्न लगाईयो । त्यसपछि उनलाई कैदी नम्बर ९२३४ दिइयो । उनलाई तीनवटा नीलो रंगको साडी जेलमा महिलाको पोशाक दिदैं जेलरले शशिकलालाई उनको ड्युटी बताए ।

जेलमा यी काम गर्नेछिन शशिकला

मैनबत्ती र अगरबत्ती बनाउने काम दिएको छ । आईतबारपनि शशिकलाई बिदा दिइएको छैन । अन्य कैदी सरह नै उनले पानी पिउने जग र प्लेट पाईन । भीआईपी भएका कारण उनलाई २४औं घण्टा सुरक्षाको व्यवस्था गरिएको छ । साँझको खानामा उनलाई जेलमा दिइने रोटी, दाल, भात र दही दिइयो । सुत्नका लागि उनलाई गुन्द्री, एउटा सिरानी र कम्बल दिइयो ।

शशिकलाले गरेकी थिइन यी माग

शशिकलाले कोर्टसंग जेलमा महिला ब्यारेकसंगै एक विशेष सेलको माग गरेकी थिइन । आफुलाई ब्लड सुगर भएको हुँदा घरको खानाका लागि माग, २४औं घण्टा तातो पानी, पिउनका लागि मिनरल पानी, बिहान ध्यान र हिड्नका लागि ठाउँको माग गरेकी थिईन ।

हाललाई अदालतले शशिकलाको मागलाई मानेको छैन । अदालतले जेल प्रशासनलाई शशिकलाको मेडिकल चेक जाँच गरेपछि मात्र उक्त फैसला लिन भनेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट