पत्रकारिता पुरस्कार भण्डारी र लामालाई

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

भद्रपुर, २ फागुन । आइतबार नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।

बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले महासङ्घ झापाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा उक्त निर्णय गरेको हो ।

भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिए ।

हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट