कर्जा चुकाउन नसक्दा जेल चलान

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

गौशाला, २ फागुन । महोत्तरी जिल्ला अदालतले साहुको ऋण नतिर्ने एक महिलालाई जेल चलान गरेको छ ।

महोत्तरी जिल्लाको औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जनाएको छ ।

औरही–९ बस्ने रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएका थिए । अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो तर उनी सोही दिनदेखि फरार रहँदै आएकी थिइन् ।

यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएका थिए । अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट