बन्दैंछ अमेरिका-मेक्सिको पर्खालको डिजाईन : ट्रम्प

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका – मेक्सिको सीमामा लगाईने पर्खालको खाका तयार भई रहेको बताएका छन ।

ट्रम्पले ह्वाइट हाउसमा काउंटी शेरिफोंको सम्मेलनमा भने कि ‘पर्खालको डिजाईन तयार हुँदैं छ, धेरै मानिसहरु भन्छन कि ट्रम्प पर्खालसंग मजाक गरी रहेका छन, तर मैले मजाक गरेको छैन र म कहिले मजाक गर्दिन’ ।

उनले सीमा पारीबाट देशमा गैर कानुनी ढंगले आप्रवासीहरु र नशालु पदार्थहरु अमेरिका भित्रिन नदिनका लागि पर्खाल आवश्यक भएको बताएका छन ।

ट्रम्पले आफ्नो चुनावी बाचाहरुमा धेरै विवादित कुराहरु भनेका थिए, जसमा छिमेकी मुलुक मेक्सिको को बोर्डरमा बनाईने पर्खालको कुरापनि सामेल थियो ।

यसै कारणले मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले आफ्नो अमेरिका भ्रमण रद्द गरेका थिए । दुई देशको नाता अहिले नाजुक अवस्थामा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट