कालोबजारी गर्ने आदर्श स्विट सेन्टरका सञ्चालक पक्राउ

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

राजविराज, २८ माघ । कालोबजारी गरेको आरोपमा सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह बिहीबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा पसलमा सडेगलेको समोसा खरिद गरी खादाँ स्थानीय मानिस बिरामी भएपछि मौखिक उजुरी आएपछि कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले सो मिठाई पसलबाट बासी तथा सडेगलेको अवस्थामा समोसा र खानेकुरासमेत फेला पारेको प्रहरीले  जानकारी दिएको छ ।

राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसालाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पसल सञ्चालक साहमाथि कालोबजारी मुद्दामा म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट