श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै

शालीनदी लगायतका स्थानमा भक्तजनहरुको घुइँचो

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौं, २८ माघ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ ।

महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले  निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रत लिने गरिन्छ ।

एक महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएको छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ,एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ-आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नहुनेले छोरालाई, छोरापनि नभएकाहरुले आफ्नो मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बचेको अन्य सामग्री व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

आज स्वस्थानी व्रतको समापनका अवसरमा  शालीनदी, पशुपति, गौरीघाट, गणेश मन्दिर तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गर्ने भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट