नापतौलमा ठगी गर्ने सुनचाँदी व्यवसायी कारबाहीमा

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

राजविराज, २७ माघ । विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ ।

आज राजविराजस्थित गरगहना पसलमा  अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले बताए ।

कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा लहानका अन्य तीन सुनचाँदी व्यवसायीलाई नापतौल ऐन, २०२५ बमोजिम कारबाही अघि बढाइएको बताएका छन् ।

क्षेत्रीय प्रमुख दासले स्वीकृति नलिई सञ्चालनमा रहेका केही पसललाई तीन दिनभित्र इजाजत पत्र लिन निर्देशन दिएको र त्यसको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गरिने  जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट