प्रहरीद्धारा अवैध सामग्रीहरु बरामद

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रबिन्द्र बराल रंगेली ,मोरङ

मोरङ, २७ माघ ।  विभिन्न समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली,चोरी निकासी गरि रहेको अवस्थामा घरेलु मदिरा,चिनी,लुगा कपडा,जुत्ता लगायतका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

ईलाक प्रहरी कार्यलयले रंगेली,चोप्राह,कर्सिया,नोचा,डाईनियाँ,लगायतका स्थानहरुबाट यी अवैध सामग्रीहरु बरामद गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गरी एक लाख ५० हजार रुपैयाँ बराबरको सामान  सार्वजनिक गरिएको हो । सो सामान बिराटनगर स्थित भन्सार कार्यालयलाई बुझाईने कार्यलय प्रमुख संजीवबाबु खड्काले बताएका छन ।

उनले आफु यस्ता तस्करहरुलाई नियन्त्रण गर्न कडा रुपमा लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट