कञ्चनपुरको शङ्करपुर अझैं अँन्धकारमै

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

कञ्चनपुर, २७ माघ । पोल गाडिएको चारवर्ष बितेपनि अझैसम्म कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा  विद्युत् सेवा सञ्चालन हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् ।

विद्युत् आउने आशामा घरमा गरिएको वायरिङसमेत मुसाले काट्न थालेको उनीहरुको गुनासो छ । ट्रान्सफर्मर जडान नगर्दा विद्युत् सेवा सञ्चालनमा आउन नसकेको स्थानीयवासी बताउछन् ।

यस क्षेत्रका बासिन्दाले विद्युत् सेवा नभएपछि अँध्यारोमै रात काट्नुपर्ने अवस्था रहेको र टुकी बालेर रातिका बेला उज्यालो गर्नुपर्ने भएकाले विद्यालय पढ्ने बालबालिका र गृहिणीमा श्वासप्रश्वासको समस्या देखापरेको उनीहरुले गुनासो गरे ।
यस क्षेत्रका बासिन्दा दोदा नदीको बाढीले नौ वर्षअघि विस्थापनमा पारेपछि यहाँ बस्दै आएका छन् ।

विद्युत् नहुँदा खेतमा सिँचाइको कार्यसमेत गर्न नसक्दा अन्नबाली र तरकारी बालीको उत्पादन सन्तोषजनक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट