फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थाले

प्रकाशित मिति: २७ माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

ताप्लेजुङ, २७ माघ । पछिल्लो समय ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

सार्वजनिक अपराध र चोरीमा संलग्न दुईजनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रहरीले अपराधमा संलग्न फरार रहेका खोक्लिङका सगुन लिम्बु र ढुङगेसाँघूका बीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले घरबाटनै पक्राउ गरेको हो । जिल्ला अदालतबाट रकम जरिवानाको फैसला सुनाएपछि उनीहरु फरार थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट