बाथरोब लगाएको ट्रम्पको फोटो भाइरल

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अहिले सामाजिक संजालहरुमा भाइरल भएको छ । यो तस्बिरमा ट्रम्पले बाथरोब लगाएर पल्टि रहेको देखिन्छ ।

आफ्नो फोटो भाइरल भएपछि राष्ट्रपति ट्रम्पले ट्विटरमा प्रतिक्रिया दिएका छन ।  हालै न्युर्याेक टाइम्सले डोनाल्ड ट्रम्पबारे एउटा लेख छापेको थियो, जसमा यो फोटोपनि राखिएको थियो ।

फोटो भाइरल भएपछि ट्रम्पले ट्विट गर्दै भने न्युर्याेक टाइम्सले मेरोबारेमा पूर्णतया काल्पनिक कुराहरु बताएको छ ।

पछिल्लो दुई वर्षदेखि उक्त पत्रिकाले आफ्नोबारे गलत कुराहरु लेखेर काल्पनिक कथा बनाएको ट्रम्पको भनाई छ ।

उनीसंगैं ह्वाईट हाउसका प्रवक्ता शाँन स्पीयरले सामाजिक संजालमा भाइरल भएको ट्रम्पको तस्बिर काल्पनिक भएको र ट्रम्पले कहिले यस्ता लुगा नलगाएको भन्दै न्युर्याेक टाईम्सको यो लेखप्रति रिस व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट