आज पूर्व सभापति सुशील कोइरालाको प्रथम वार्षिकी

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

काठमाडौं, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्रेसका पूर्व सभापति ‘सुशील कोइराला’ को आज माघ २६ गते प्रथम वार्षिकी परेको छ ।

उनले देखाएको बाटो- ‘निश्ठा, नैतिकता, सरल जीवन पद्धती, राष्ट्रवादी भावना, भ्रश्टाचार विरोधी अडान, सबैको कुरा सुन्ने धैर्य आदिलाई ‘प्रेरणा र पूँजी’ को रुपमा लिदैँ कांग्रेस एवम उसका भ्रातु संघ संस्थाले कोइरालको सम्झना गर्दै छन् ।

स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टीको मुख्य कार्यालयमा आज विशेष कार्यक्रम राखेको छ । कार्यक्रमलाई सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । यस्तै कोइराला फाउण्डेशनले पनि कोइरालाको सम्झनामा साझ दीप प्रज्ज्वलन गर्ने छ ।

१९९५ सालमा विराटनगरमा जन्मिएका कोइरालाको गत वर्ष माघ २६ गते राजधानीको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट