दोस्रो किस्ताको रकम भूकम्प पीडितलाई आज दिइने

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ५ माघ । बुधबारबाट सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्ने भएको छ ।

पहिलो किस्तामा दिइएको ५० हजार अनुदान मार्फत घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले मात्र दोस्रो किस्ताको रकम पाउनेछन् ।

पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गरिदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

दोस्रो किस्ताका लागि दुई जिल्लाबाट करिव ३०० पीडितको नाम सिफारिस भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट