हात्तीको आक्रमणबाट एकको मृत्यु

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

चितवन, २९ पुस । आज बिहान माडी नगरपालिका–११ खरकट्टामा हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको बिहान २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ । यसअघि गत मङ्गलबार एक भारतीय पर्यटकको जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा मृत्यु भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट