२०० जना युवा राप्रपामा प्रवेश

राप्रपामा ‘डन’ दीपक मनाङ्गे प्रवेश

उनीविरुद परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकामा दीपक मनाङ्गे नामले परिचित ‘डन’ राजिब गुरुङ राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले बिहीबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन । अपराधीक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन छ ।

गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले मनाङ्गेलाई पटक पटक पक्राउ गर्दै आए पनि उनी धरौटीमा छाड्ने गरेको छन् । कार्यक्रममा उनीसहित २०० जना युवा राप्रपामा प्रवेश गरेको जनाइएको छ । (अपडेट)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट