उपत्यकामा स्तरीय र ठूला बस चलाउने

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ पुस । उपत्यकामा सरकारले लामा र स्तरीय ठूला बस सञ्चालनका गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित उपत्यका नगर यातायात लिमिटेड नामको कम्पनी दर्ता हुने भएको हो ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सेयरका स्पमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

गत भदौ २३ गते जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले छ महिनाभित्र सय लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं, विराटनगर, जनकपुर, बीरगन्ज, भरतप्र, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराहीलगायत सहरमा नगरपालिकामार्फत सञ्चालन गरिने घोषणा गरेका थिए ।

केहि साता अघि कामपाका अधिकृत राज्यप्रकाश प्रधानाङसहितको समिति गठन गरेर मन्त्रालयले १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट