पदमुक्त लोकमानले छाडे सरकारी निवास

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ पुस  ।  बिहीबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीले परिवारसहित  सरकारी निवास छाडेका छन् ।

सर्वोच्च अदालतले उनको नियुक्ति नै बदर गरेपछि कार्की प्रमुख आयुक्तको पदबाट मुक्त भएका थिए ।

अख्तियारको सवारीसाधन त्यही छाडेर उनी निजी गाडीमा बाहिरिएका छन् ।

सई उत्तम भण्डारी नेतृत्वको प्रहरी टोलीसहितको पछुवा गाडी भने सुरक्षाका लागि  उनीसँगै गएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट