रूखबाट लडेर महिलाको मृत्यु

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

रुकुम, २९ पुस । रुकुमको सिम्ली–१ की एक महिलाको घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको छ ।

गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएकी खड्कालाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उनको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए ।

मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको डाँगीले बताए


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट