दाङमा आँखा उपचारको अत्याधुनिक मेसिन खरिद

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

दाङ, २८ पुस । राप्ती आँखा अस्पताल दाङले अत्याधुनिक मेसिन खरिद गरेको छ । अस्पतालले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।

रु दुई करोड ५७ लाख लागतमा अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ ।

यही मेसिन औजार पहिले नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताए । ‘अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो,’ उनले भने ।

दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा आजदेखि एकै साथ यो सेवा सुरु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट