वरिष्ठ पत्रकार उपाध्यायको निधन

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २८ पुस । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति मणिराज उपाध्यायप्रतिको आज अन्तिम श्रद्धाञ्जलि दिँदै अन्त्येष्टि गरिएको छ ।

आज विहान पशुपति आर्यघाटमा उनको श्रद्धाञ्जलि कार्यक्रमसहित अन्त्येष्टि गरिएको हो । उनको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धाञ्जलि कार्यक्रममा पुगेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट