सुरु भयो शालीनदीमा मेला, आजबाट स्वस्थानी व्रत

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २८ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी मेला साँखुस्थित शालीनदीमा आज बाट सुरु भएको छ ।आजदेखि हिन्दु महिलाहरुले स्वस्थानीको पूजा गरी स्वस्थानी व्रत लिने गर्छन् ।

salinadi

हिन्दु धर्मावलम्बी महिलाहरुले आजबाट नङ काटी स्नान गरी शुद्ध वस्त्र लगाई व्रत बस्ने र राती महादेवको पुजा गर्ने गर्छन ।

salinadi

एक महिनासम्म चल्ने यस मेलामा यस समयभित्र कुनै एक दिन मात्र भएपनि शालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहि आएको छ । साँखुको शालीनदी लगायतका स्थानमा व्रतालुहरुको घुइँचो लागेको छ ।

salinadi

यो वर्षको एक महिने मेलामा १७ उपसमिति गठन गरी यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयम्सेवक परिचालन आदिका लागि सबै तयारी पूरा गरेको समितिका संयोजक राजुभाइ मानन्धरले बताए ।

salinadi

विगत केही वर्षदेखि शालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक शालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाएको छ । शालीनदीको यो मेला माघ २८ गतेसम्म लाग्नेछ ।

salinadi

तस्वीर:रुपचन्द्र महर्जन


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट