टिपर दुर्घटनामा एकको मृत्यु

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

रामेछाप, २७ पुस । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो ।

बुधबार भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना सहचालकका कारण भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट