जन्माएर फालेको अवस्थामा नवजात शिशु फेला

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

पाँचथर, २८ पुस । एक नवजात शिशु पाँचथरको सिदिन–४ मा मृत अवस्थामा फेला परेको छ ।

२१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका दुवैलाई अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट