भारतीय मजदुरको मेसिनमा चेपिएर मृत्यु

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

बर्दिवास, २८ पुस । एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ ।

भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको महोत्तरी जिल्लाको रामनगरस्थित उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर मृत्यु भएको हो ।

मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट